भारतमा देउवाले सहभागिता जनाउने कार्यक्रम स्थगित

काठमाडौँ –  प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सहभागिता जनाउने कार्यक्रम स्थगित भएको छ ।

भारतको गुजरात सरकारले यही १० जनवरीमा आयोजना गर्न लागेको दुई दिने १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलनमा भाग लिन    प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएपनि उक्त कार्यक्रम अहिले स्थगित भएको हो । कोभिड संक्रमण बढेको भन्दै गुजरात सरकारले सो सम्मेलन स्थगित गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सम्मेलन उद्घाटन गर्ने कार्यक्रम थियो ।

सम्मेलनमा भाग लिने नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागीता हुने कार्यक्रम थियो । सम्मेलनमा रसियाली प्रधानमन्त्री, मोजाम्बिकका राष्ट्रपति, मौरिससका प्रधानमन्त्री र स्लोभानियाका प्रधानमन्त्री सहभागी हुने कार्यक्रम तय भएको थियो । त्यस्तै विभिन्न देशका मन्त्री र कम्पनीका सीईओ पनि सहभागी जनाउने बताइएको थियो। देउवाले आइतबारबाट भारत भ्रमण गर्दैछन् ।

एजेन्सी

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १ : ३३ बजे