सुनको मूल्यमा नयाँ कीर्तिमान

चीनले बनायो वास्तविक सूर्यभन्दा पाँच गुणा ताप भएको कृत्रिम सूर्य

बेइजिङ । चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो । 

एक्सपेरियन्सल एडभान्स सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो ।

पछिल्लो परीक्षणले वैज्ञानिकहरूलाई ‘असीमित स्वच्छ ऊर्जा’ तर्फ अघि बढेको विज्ञहरूले बताएका छन् । साउद चाइना मर्निङ पोस्टको एउटा रिपोर्टअनुसार कृत्रिम सूर्यको तापक्रम ७ करोड डिग्री सेल्सियस थियो । त्यो भनेको वास्तविक सूर्यभन्दा पाँच गुणा तातो हो । कृत्रिम सूर्यको यो तापक्रम  १७ मिनेट ३६ सेकेन्डसम्म रहेको थियो ।

हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइ सो भट्टीको तापक्रम सूर्यकोभन्दा पाँच गुणाभन्दा बढी बनाइएको थियो ।

कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज उत्सर्जन नगर्ने भएकाले यसलाई भौतिकशास्त्रीहरूले वातावरण मैत्री मान्दै आएका छन् । एजेन्सी

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ८ : ४१ बजे