सुनको मूल्यमा नयाँ कीर्तिमान

उत्तर कोरियाको आणविक परीक्षणको अन्तर्राष्ट्रिय समुदायले गर्‍यो निन्दा

प्योङयाङ । उत्तर कोरियाको आणविक परीक्षणप्रति छिमकी मुलुकहरूले आपत्ति जनाएका छन् । 

उत्तर कोरियाले बुधवार जापानको समुद्री तटनजिकै व्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन् ।

“उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले निन्दा गर्छ”, दक्षिण कोरियाले जोइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले एक विज्ञप्तिमा भनेको छ । 

त्यस्तै, जापानले उत्तर कोरिया आणविक होड त्याग्ने आफ्ना पूर्ववत् प्रतिबद्धताबाट भागेको आरोप लगाएको छ । सो व्यालिस्टिक मिसाइल करिब ५०० किलोमिटर टाढासम्म पुगेको जापानका रक्षा मन्त्री नोबुओ किशीले बताएका छन् ।

परीक्षणबारे अमेरिकी गुप्तचर निकायका अधिकारीले सूक्ष्म विश्लेषण गरेको प्राप्त समाचारमा जनाइएको छ । 

उत्तर कोरियाले बुधवार गरेको परीक्षण यस वर्षकै पहिलो आणविक परीक्षण हो । उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । आफूमाथि लागेका प्रतिबन्ध हटे मात्र आणविक परीक्षण नगर्ने उत्तर कोरियाले जबाफ दिँदै आएको छ । एजेन्सी

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ८ : ३१ बजे