‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

यस्तो छ महिला आयोगमा नयाँ पदाधिकारी पाएपछिको सय दिनको प्रगति विवरण 

झण्डै चार वर्षसम्म पदाधिकारी विहिन भएको राष्ट्रिय महिला आयोगले संवैधानिक हैसियत प्राप्त गरे पश्चात २०७७ माघ २१ गते अध्यक्ष सहित तीन जना पदाधिकारीको नियुक्ति भयो । पदाधिकारी नियूक्तिसंगै आयोगले गति प्राप्त गरेको छ ।  आयोगकी अध्यक्ष कमला पराजुलीका अनुसार यो १०० दिनमा आयोगले झण्डै एक दर्जन नीतिगत सुधारका कामहरु गरेको छ भने ४ वटा प्रकाशनका कार्यहरु गरेको छ । यो अवधिमा आयोगले ६ वटा प्रदेशका २१ वटा जिल्लामा ३१ वटा विभिन्न किसिमका क्षमता अभिवृद्धि, जागरण र सचेतना मूलक कार्यक्रमहरु गरेको छ ।

त्यसैगरी बलात्कार पश्चात हत्या, बलात्कार, बोक्सीको आरोपमा जघण्य हिंसा, यौनहिंसा, एसिड आक्रमण लगायतका  महिला हिंसाको घटनाको स्थलगत अध्ययन, ओसिएमसी, हिंसा पिडितको आश्रयस्थलहरु लगायत  २० वटा फरक फरक सवालमा अध्ययन, अनुगमन र सिफारिस गरिएको छ । महिलाको अवस्था अध्ययन र नीतिगत सुधारका लागि तीनवटा फरक फरक विषयमा अध्ययन अनुसन्धानको काम भईरहेको छ । 

राष्ट्रिय महिला आयोगमा हिंसा पिडित महिलाको उजूरी संयन्त्रको रुपमा खवर गरौं ११४५ नम्बरको हेल्पलाईन सेवा चौविसै घण्टा सञ्चालनमा छ । यस सेवा मार्फत र कतिपय पिडितहरु आयोगमा आफै उपस्थित भएर उजूरी दिने समेत व्यवस्था छ । 

आयोगमा प्राप्त उजुरी, निवेदन तथा आयोगद्वारा प्रदान गरिएका सेवाहरू

 

​​​​​​​अधिकतम रूपमा उजुरी भएका हिंसाका घटनाहरु

राष्ट्रिय महिला आयोग र साझेदार संस्थाहरुद्वारा प्रदान गरिएका सहयोग तथा सेवाहरू​​​​​​​​​​​​​​

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : २६ बजे