धरहराबाट उपत्यका नियाल्ने रहर

बजारमा बढ्यो अधिक तरलता, २.८६७१ प्रतिशतमा नै निक्षेप राख्न बैंकहरु बाध्य

काठमााडौं । उद्योग धन्दा, कलकारखाना र व्यापार व्यवसाय चल्न छोडेपछि बजार सुस्ताएको छ । जसका कारण बजारमा अधिक तरलता बढेको छ ।

यस्तो अवस्थामा राष्ट्र बैंकले हालै जारी गरेको एक खर्ब रुपैयाँका निक्षेप उपकरणमा २ खर्ब बराबरको निक्षेप राख्ने प्रस्ताव आएको छ । राष्ट्र बैंकका अनुसार बोलकबोल मार्फत उठाउन लागेको निक्षेपमा बरिब २ खर्ब ७ अर्बको प्रस्ताव आएको हो । २४ वटा वित्तीय संस्थाले बोलपत्र मार्फत आफ्नो बैंकमा रहेका निक्षेप राख्ने प्रस्ताव पठाएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले संकलन गरेको निक्षेपमा २.९५ प्रतिशतसम्म ब्याज दिने बोलकबोलको सूचनामा उल्लेख गरेको छ । अझ बैंकहरुले ०.२२७५ प्रतिशत कम ब्याजदरमा नै आफ्नो निक्षेप राख्ने कबोल गरेका थिए । त्यसमा राष्ट्र बैंकले भने औषतमा २.८६७१ प्रतिशत ब्याजदर निर्धारण गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  १ : ५६ बजे