एमाले अध्यक्ष ओलीलाई भेट्न काँग्रेस नेता पौडेल बालकोटमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलका लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेले बालकोट पुग्नुभएको छ । 

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहनुभएका नेता पौडेल प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि बुधवार साँझ बालकोट पुग्नुभएको हो । 

नेता पौडेल बुधवार साँझ ६ः०० बजे बालकोट पुग्नुभएको  र करिब १ घण्टा छलफल भएको उहाँको सचिवालयले जनाएको छ । 

नेता पौडेलले प्रतिनिधिसभा र न्यायालयमा देखिएको समस्याका विषयमा अध्यक्ष ओलीसँग छलफल गर्नुभएको जनाइएको छ । 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ७ : ३४ बजे