धरहराबाट उपत्यका नियाल्ने रहर

नेपाल पुनर्बीमा कम्पनी ११ औ वर्षमा प्रवेश

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी स्थापनाको १० औं बर्ष पुरा गरी ११ औ वर्षमा प्रवेश गरेको छ ।

बार्षिकउत्सवको अवसरमा कम्पनीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले नेपाल पुनर्बीमा कम्पनीले विश्वका १३ वटा मुलुकबाट पुनर्बीमा व्यवसाय भित्राउँदै आएको बताए । साथै कम्पनीले भारतको नियमनकारी निकायबाट सन् २०१८ देखि अन्तर्राष्ट्रिय पुनर्बीमकको हैसियतमा दर्ता भई नविकरण हुदै आएको बताए ।

मन्तव्यकै क्रममा थापाले कम्पनी गत आर्थिक वर्ष २०८०र८१ मा १२ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न गरेको थियो । ६ अर्व ९३ करोड दाबी भुक्तानी गरेको छ भने करीब १ अर्ब ५० करोड मुनाफा आर्जन गरेको र कुल चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार कायम भई कम्पनी रजिष्ट्रारको कार्यालयबाट अधावधिक समेत भइसकेको छ । आव २०७९र८० को तुलनामा आव २०८०र८१ मा ८।७३५ ले वृद्धि भई नेटवर्थ १९ अर्ब ९२ करोड पुगेको बताए ।

आ.व.२०८०र८१ मा भुक्तानी गरेको कूल व्यवसायीक कर रकम ४१ करोड २० लाख सहित स्थापना कालदेखि २०८० चैत्रसम्म कूल ३ अर्ब ८७ करोड रुपैयाँ दाखिला गरेको छ । यसैगरी चालु आवमा जीवन तथा निर्जीवन बीमकसंग प्रत्यक्ष हिस्सा, पुनर्बीमा ट्रिटी, ऐच्छिक पुनर्बीमा, पुल सञ्चालन लगायत कार्यबाट पुनर्बीमा सेवा दिदै आएका छौं ।

त्यसैगरी कम्पनीको रेटिङको कार्य अन्तिम चरणमा पुगेको प्रमुख कार्यकारी अधिकृत थापाले बताए । कम्पनीलाई अत्यावश्यक अन्तराष्ट्रियस्तरको सफट्वेयर आपूर्ति प्रक्रिया तथा भवन निर्माण कार्य थालनीका लागि का.म.न.पा.बाट भवन निर्माण अनुमति नविकरण प्रकृया अन्तिम चरणमा पुगेको समेत उनले बताए । चालु आवमा नै यो कार्यले पूर्णता पाउने समेत उनले दाबी गरे । आगामी दिनमा कम्पनीले हाइड्रो बीमा पुल, हवाई बीमा पुल, महाविपत्ति पुल लगायतका संभाव्य पुलहरु सञ्चालन गर्ने पनि जनाएको छ ।

स्मरण रहोस् तत्कालिन समयमा नेपालमा बढ्दै गएको हुलदंगा आतंकवाद जोखिम बहन गर्नका लागि यो कम्पनीको स्थापना भएको भने विदेशी पुनर्बीमा कम्पनीले हुलदंगा आतंकवादको जोखिम बहन नगर्ने भएपछि नेपाल सरकारको ५१ प्रतिशत शेयर अंश र बाँकी ४९ प्रतिशत निर्जीवन बीमकहरुको स्वामित्व रहने गरी सार्वजनिक तथा निजी क्षेत्रको संयूक्त मोडेलमा साविक आकस्मिक बीमा कोष सन् २००३ मा स्थापना गरियो । सोही कोषलाई २०७१ साल कार्तिक २१ गते पुनर्बीमा कम्पनीमा परिणत गरिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  १ : ४९ बजे