सुनको मूल्यमा नयाँ कीर्तिमान

सेयरबजार ३० अंकले घट्यो

काठमाडौं – तीन दिन देखी निरन्तर बढेको शेयर बजार आज भने घटेको छ। तीन दिनमा १५५ अंकले बढेको नेप्से परिसूचक आज ३० अंकले घटेको हो। नेप्से परिसूचक आइतबार ६० अंक, सोमबार ३२ अंक र मंगलबार ६३.०१ अंकले बढेको थियो।

बुधबार ३०.७५ अंकले गिरावट आएर नेप्से परिसूचक २ हजार ६४९.२० विन्दुमा झरेको छ। आज कुल २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँमा किनबेच भएको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने बढेको छ।

नेप्सेको १३ उपसमूहमध्ये जलविद्युत र फाइनान्सबाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ। आज जलविद्युत उपसमूह ०.४९ प्रतिशत, फाइनान्स उपसमूह ०.१ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक २.२१ प्रतिशतले घटेको छ।
त्यस्तै आज उत्पादन तथा प्रशोधन उपसमूह १.७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १.७१ प्रतिशत, बैंकिङ, वित्त, लगानी उपसमूह र  अन्य उपसमूहको परिसूचक करिव १ प्रतिशतले घटेको छ ।

 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ४ : १६ बजे