‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपाल कोरिया अस्पतालले ६५ लाखको लगानीमा अक्सिजन उत्पादन शुरु गर्यो

मध्यपुरथिमि – मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आज बेलुकादेखि अक्सिजन उत्पादन शुरु गरेको छ ।

नगरपालिकाको रु ६५ लाखको लगानीमा चीनबाट ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादन शुरु गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।  दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने  प्लान्टले अब अस्पतालका सघन उपचार कक्ष,  हाइकेयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई पाइपमार्फत अक्सिजन पु¥याउने जनाइएको छ ।

अहिले दैनिक ९० सिलिण्डर अक्सिजन खपत भइरहेकामा अब ३० सिलिण्डर अक्सिजन मात्रै बाहिरबाट ल्याए पुग्ने भएको छ ।
 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ११ बजे