एनपीएलको ट्रफी सार्वजनिक

कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीको राजीनामा

काठमाडौँ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिनुभएकाे छ ।

मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले आज राजीनामा दिनुभएकाे हाे । अधिकारी केही दिनअघि भ्रमण स्वीकृत नगरी जापान गएपछि विवादमा तानिनुभएकाे थियाे ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुग्नुभएकाे थियाे ।

मन्त्री अधिकारीले राजीनामा दिएपछि सो मन्त्रालयमा एमालेले अर्की सांसद मिना श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : ४६ बजे