छठको दोस्रो दिन आज ‘खरना’

रौतहटमा हुने उपनिर्वाचनका लागि एमालेका तीन उमेदवार चयन

रौतहट । रौतहटमा अगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयन गरेको छ ।

उपनिर्वाचनमा रौतहटको छुट्टाछुट्टै पालिकामा तीनवटा वडाहरूमा निर्वाचन हुँदैछ । राजपुर नगरपालिका वडा ६, इशनाथ नगरपालिका वडा ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा उपनिर्वाचन हुँदैछ ।

नेकपा एमालेको जिल्ला सचिवालय बैठकले राजपुर नगरपालिका ६ को वडा अध्यक्षमा नासिम अख्तर, इसनाथ नगरपालिका ७ को वडा अध्यक्षमा शेख अनवर र गढीमाई नगरपालिका ८ मा जिउती देवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा पार्टी जिल्ला सचिव बाबुराम दाहालले बताएका छन् ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । 
 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : २७ बजे