राष्ट्रपति भवनमा घटस्थापना

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत – दैलेख भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ आउँदै गरेको लु.२ च ४८२९ नं.को डबल क्याप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जीप चालक दैलैख भगवतीमाई गाँउपालिका ६ बस्ने ३० वर्षीया कृष्ण रोकाको घटनास्थलमा नै  मृत्यु भएको हो । 

जीपमा ३ जना महिला ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : ४७ बजे