कास्की । सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा रास्वपाका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको छ ।
प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेका प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले ७ जना प्रदर्शनकारी रास्वपा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ ।
लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै मंगलबार रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए । रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका थिए । सोही क्रममा प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्याँस हानेको हो ।
प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार २ : १९ बजे
प्रतिक्रिया