‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सबै षड्यन्त्र असफल पार्दै आरम्भ भएको ओलीको तेश्रो ‘इन्निङ’

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली बैशाख २७ मा तेश्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त हुनुभयो । संविधाराको धारा ७६ को उपधारा ३ अन्तगर्त संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा उहाँले आज २८ गते पद तथा गोपनियताको सपथ लिनुभयो ।

राजनीतिमा ‘कन्भिक्सन’ हुनुपर्छ । ओलीसँग देश विकासको प्रष्ट मार्गचित्र छ, कार्यक्रम छ र ती कार्यान्वयन भइरहेका छन् । ओलीसँग अठोट छ र आत्माविश्वास छ । त्यही ‘कन्भिक्सन, अठोट र आत्माश्विासले ओलीलाई तेश्रोपटक मुलुकको कार्यकारी बनाएको हो । ओलीको यो सत्तारोहणसँगै उहाँबिरुद्ध भएका सबै षड्यन्त्रहरु पराजित भएका छन् । 

नेकपा निर्माण भऐदखिनै पार्टीभित्र र बाहिरबाट ओलीको विकल्प खोज्ने नाजायाज प्रयासहरु भएका थिए । ती प्रयास पार्टीभित्रै बाट भए र त्यसमा पछि बाहिरी सहयोग पनि खोजियो । देशीविदेशी सबै शक्तिको पछिल्लो एक बर्षको पूर्ण शक्ति ओलीलाई प्रतिस्थापन गर्न लागेको छत्ताछुल्ल भएकै हो । तर ओलीसँग एजेण्डा थिए, देश बनाउने दृष्टिकोण थियो र सबैभन्दा ठूलो देश र जनताप्रति इमान्दारिता थियो । ओलीको बिरुद्धमा लाग्नेसँग केही थिएन– बैकल्पिक दृष्टिकोण थिएन, देश विकासको कुनै सोच थिएन, एजेण्डा थिएनन्, थियो मात्रै ओलीको बिरोध । 

अन्ततः ती सबै भूमिगत र पछि सार्वजनिक भएका षड्यन्त्र असफल भए । ओली फेरी मुलुकको कार्यकारी प्रमुख बन्नुभयो । माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको ओलीबिरोधी गठवन्धनलाई जनता समाजवादी पार्टीभित्रको बहुमत संख्याले सहयोग गरेन । त्यस्तै, अन्त्यमा ओलीलाई जसरी हटाउन विपक्षीसँग मोर्चा बनाउँदै हिड्नुभएका माधव नेपाल राजनीतिक अवशानको बाटो छाडेर ओलीकै मोर्चामा फर्कनुभयो ।

कोभिड महामारीले आक्रान्त पारेको बेला भएको सत्ताको खेल आफैंमा आपत्तीजनक थियो । त्यसमा पनि देशको उचित नेतृत्व गरेका प्रधानमन्त्री ओलीबिरुद्धको घेराबन्दी  झन गलत थियो ।  ओलीबिरुद्धका घेराबन्दी र षडयन्त्रहरु गलत रहेको तेश्रोपटकको प्रधानमन्त्रित्वले प्रष्ट पार्छ । आफ्नो षड्यन्त्र सफल नभएपछि थप बिचलित भएका प्रचण्ड र बाबुरामहरु फेरी नक्कली कथन अघि सारेर अर्को राजनीतिक धन्दामा लागेका छन् । जनताले नपत्याएपछि अनेक बितण्डा गरेर ओलीबिरुद्ध अपवाह फैलाउनु उनीहरुको दैनिकी नै भएको छ ।

अव प्रचण्ड, बाबुरामहरु के गर्छन भन्ने महत्वपूर्ण होइन, महत्वपूर्ण प्रधानमन्त्री ओलीले के गर्नुहुन्छ भन्ने हो । चरम असहयोगका बिचमा त देश विकासमा व्यस्त रहनुभएका प्रधानमन्त्रीले अव बिश्वासको मतसँगै विकास र निर्माणमा आफूलाई थप केन्द्रित गर्नुहुन्छनै । तर अहिले सबैभन्दा पहिला कोभिड–१९ महामारीको नियन्त्रणलाई प्राथमिकतामा राखेर सकेसम्म संक्रमितको उपचार र थप सक्रमित हुन नदिन आफूलाई केन्द्रित गर्नुपर्छ । प्रधानमन्त्रीले बारम्बार भन्नुभएको छ– नागरिकको ज्यानको सुरक्षा भन्दा अर्को महत्वपूर्ण अहिले अर्को केही छैन । त्यसैअनुसार, अव कोरोनालाई नियन्त्रणमा राज्यको सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्छ । यसतर्फ सरकारले प्रयास गरिरहेको छ तर ती पर्याप्त देखिएका छैनन् । 

अक्सिजन, भेन्टिलेटरको व्यवस्थामा थप लाग्नुपर्नेछ भने अस्पतालमा बेडको संख्या बढाउनुपर्नेछ । कमसेकम उपचार नपाएर जीवन गुमाउने अवस्था आउन दिनुहुँदैन । त्यसतर्फ प्रधानमन्त्रीको बलियो नेतृत्व देशले खोजेको छ ।
तेश्रो इन्निङलाई प्रधानमन्त्री ओलीलाई बधाई ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ३३ बजे