‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजारभन्दा बढी खर्च गर्न नपाउने

​​​​​​​काठमाडौँ ।  निर्वाचन आयोगले माघ १२ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकेको छ । 

निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो ।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा  १ हजार , सवारी साधन र घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

त्यस्तै, ढुवानी १० हजार, गोष्ठी र अन्तर्क्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मङ्गलवार मनोनयन दर्ता भइसकेको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : २६ बजे