न्युयोर्क । अमेरिकामा एकै दिन १० लाखभन्दा बढी कोभिड सङ्क्रमित थपिएका छन् ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण फैलिएसँगै कोभिड सङ्क्रमित बढेका हुन् । सोमबार एकै दिन १० लाख ८० हजार सङ्क्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ ।
युनिभर्सिटीका अनुसार सङ्क्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ ।
सङ्क्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यालय पहिलाजस्तै सञ्चालनमा छन् । पछिल्ला दिनमा कोभिडका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या भने केही बढेको छ । एजेन्सी
प्रकाशित मिति : २१ पुस २०७८, बुधबार ८ : ३४ बजे
प्रतिक्रिया