‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

पाल्पा । जिल्ला अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यक बाहेकको सेवा बन्द भएको हो । 

निमित्त मेडिकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । 

अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिस बाहेकका सेवा पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।

मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो । उनीहरू सबै आइसोलेसन बस्नुपरेकाले सेवा बन्द गरिएको अध्यक्ष पाण्डेयले बताउनुभयो । 

जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ ।  रासस

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ७ : २८ बजे