डिभी भर्ने समय दुई दिन थपियो

काठमाडौं । डाइभर्सिटी भिसाको लागि आवेदन दिन दुई दिनको समय थप गरिएको छ ।

अमेरिकाले २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको हो । यसअघि ५ नोभेम्बर २०२४ सम्म तोकिएको दुई दिन थपेर ७ नोभेम्बरसम्म आवेदन दिन सकिने बनाइएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १ : १८ बजे