‘नेशनल डे कन्सर्ट’ सम्पन्न

डा.गोविन्द केसी अदृश्य शक्तिका भरिया हुन् : उपाध्यक्ष,सीटीईभीटी (भिडियो)

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले चिकित्सा शिक्षा सुधारको माग राखेर आन्दोलन गरिरहेका अभियन्ता डा. गोविन्द केसी अदृश्य शक्तिका भरिया भएको बताउनु भएको छ ।  

चक्रपथ डटकमसँग अन्तर्वार्ता दिनु हुँदै अधिकारीले सुरुमा डा. गोविन्द केसीका मागहरू राम्रै हुन् भन्ने लागे पनि बिस्तारै उहाँ कुनै निश्चित मिसन र उद्देश्यका साथ परिचालित हुँदै गइरहेको पुष्टि हुँदै गइरहेको बताउनुभयो । उहाँले डा. गोविन्द केसीको आन्दोलन अहिलेको मेडिकल सेक्टरलाई अस्तव्यस्त गर्न चाहने अदृश्य शक्तिहरूको भएको र त्यसको भरिया डा. केसी भइरहेको बताउनुभयो । उहाँले चिकित्सा शिक्षा ऐनका कारण नेपालमा चिकित्सा शिक्षामा नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीहरूको मर्ममा प्रहार भइरहेको पनि  बताउनुभयो ।

उहाँले गोविन्द केसी र चिकित्सा शिक्षा ऐनको मापदण्डका कारण नर्सिङ शिक्षाबाट विद्यार्थीहरू वञ्चित हुँदै गइरहेको र बिस्तारै विद्यार्थीहरू डिप्रेसनमा पर्न थालेको बताउनुभयो । 

चिकित्सा शिक्षा ऐन, सरकारले ल्याउन लागेको सीटीईभीटी सम्बन्धी अध्यादेश र गोविन्द केसीसँग देउवा सरकारले गरेका ९ बुँदे सहमति लगायत विविध विषयमा रहेर चक्रपथकर्मी दिनेश घिमिरेले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीसँग गर्नु भएको विशेष संवाद भिडियोमा हेर्नुहोस् : 

भिडियो : आशिष पौडेल 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ६ : २१ बजे