दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सूर्य नेपालद्वारा अस्पताललाई ६५ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ – सूर्य नेपाल प्रा. लि. द्वारा काठमाण्डौका ३ सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।

कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल स्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामति कर्मचारी अस्पताल लाई ल्याटेक्स पन्जा (Latex Gloves), सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण (PPEs) र अक्सिमिटर प्रदान गरेको छ । यी स्वास्थ्य सामग्रीहरु सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकहरुलाई आज हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण र वितरणको कार्यलाई ती अस्पतालमा कार्यरत चिकित्सकहरुको प्रतिनिधित्व सहित काठमाण्डौ स्थित एउटा गैर नाफामूलक संस्था EGBOSA ले सहजीकरण गरेको थियो ।

विद्यमान कोभिड- १९ महामारीको दोश्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा पारेको उल्लेख्य दवावलाई विचार गरी यस प्रकारको अभूतपूर्व संकटको घडिमा कम्पनीले अन्य विभिन्न क्रियाकलापहरु समेत सञ्चालन गर्ने योजना रहेको छ ।

यस वर्षको शुरुवातमा नै कम्पनीले ने.रु. ७ करोड रकम (प्रत्येक प्रदेशलाई रु. १ करोडका दरले) ७ वटै प्रदेशहरुमा स्थापनमा गरिएको कोभिड-१९ उपचार तथा नियन्त्रण कोषमा योगदान गरेको  थियो ।    

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : ०५ बजे