बगेर खेर गइरहेछ भोटको नुन

जनतामा राजनीतिप्रति बढ्दो अलगाव

बदलिदो नेपाली राजनैतिक घट्नाक्रम र अभ्यासहरुलाई मिहिन ढँगले विश्लेषण नगरिनु आजको भौतिक चिन्तनमा सामाजिक वैचारिक अस्थिरता हो ।

नेपाली समाजको विशेषतासँग राजनीतिलाई तटस्थ र सारगर्भित विश्लेषणमा विश्व समाजलाई समतामूलक वैज्ञानिक लोकतान्त्रिक अवधारणासँग जोडेर अध्ययन गर्न जरुरी देखिएको छ । अन्यथा सबै समाजवादी चिन्तक र विचारकका विचारहरु व्यक्तिगत विचारमा मात्र सिमित रहने हुन्छन् । यस्ता विचारहरुलाई समाजको घट्नाक्रम सँग समायव गर्दै जगतले स्वीकार गर्ने विचारधाराको रुपमा प्रस्तुत गर्न जरुरी देखिएको छ । वास्तवमा हरेक विचारकले प्रस्तुत गर्ने विचारधाराको कारण तात्कालीन अवस्थाका सामाजिक परिघट्नाहरुले गर्ने कार्यहरु नै हुन् । ती समयमा सामाजिक रीतिरिवाज, धर्म, कला,‌ संस्कृति, मूल्य, मान्यता, वौद्धिक चेतना, आर्थिक गतिविधि, प्राकृतिक अवस्था र जैविक विस्तार तथा विकासका कुराहरुले नै कुलमा सामाजिक विचारधारालाई फैलाउने गर्दछ । त्यही विचारधारालाई‌ राजनीति तथा सामाजिक चरित्रको विशेषतामा जोडिएको हुन्छ । जस्तै सेतो गुलावको फूलको सेतो रंग र फूलको भौतिक वस्तु समायव हुदा सेतो रंग र फूल अलग गर्न नसकिए झै विचारधारा र सामाजिक वस्तुस्थिति पनि एक आपसबाट अलग गर्न सकिँदैन । भनिन्छ गान्धीको सत्याग्रह र अहिंसावादको विचारको उदय तात्कालीन समयमा अंग्रेजले भारतलाई औपनिवेशिक बनाउनुको कारण नै थियो ।

अठारौं सताब्दीको मध्यतिर कार्ल माक्सद्वारा द्वन्द्वात्मक भौतिकवादको विचार पेश गर्दै गर्दा त्यो बेलाको जर्मनी समाजको तथा समुल युरोपियन समाजमा भैरहेको बोल्सेभिक युद्धले पारेको प्रभावसँग सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक मूल्य मान्यताले वैचारिक दर्शनको जन्म भएको सत्य हो । अन्ततः यही विचारधारालाई संसारको हर कुनामा पनि जगतको सम्पूर्ण स्वीकृति देखियो । यहाँ हामीले यो स्पष्ट हुन‌ जरुरी छ कि, कुनैपनि चिन्तक, विचारक अथवा दार्शनिक जन्मजात विचार लिएर जन्मेको हुदैन । उसलाई त त्यही‌ समाजको सामाजिक घट्नाक्रमले जसरी प्रभाव पारेको हुन्छ । उसले जसरी अवलोकन गरेको हुन्छ त्यसरी नै उसको चिन्तनको विकासक्रमको धारा‌ निक्लिएको हुन्छ । माक्सको जीवनी बुझ्दा उनी एक सामान्य गरिव परिवारमा जन्म लिएर तात्कालीन सामन्तीहरुको शोषण दमनले उनको जीवन‌ कष्टकर बनेको र गृहस्थ जीवनमा उनी पारिवारबाट असंतुष्ट रहे । फेरि पनि मानव‌ जति अन्याय र शोषणमा भए पनि त ,विचार मानवको वस्तुगत भौतिक अवधारणामा किमार्थ स्वतन्त्रताको विषय हो, माक्र्सले त्यही गरे जुन चिन्तन प्रभाव‌को प्रतिविम्व उनको वास्तविक जीवन थियो । जो भौतिक आवरणमा देखिएर समाजको रुप रंगलाई, घट्नाक्रमलाई निरन्तर परिवर्तन गराउने गर्दछ । जस्तैः हामीले हिजोको दिनमा यातायतको माध्यम वयल गाडाको उपयोग गर्दथ्यौं । त्यो समयका लागि त्यो साधन उच्च प्रभावकारी त्यतिखेरसम्म अवश्य थियो जतिखेरसम्म त्यसमा कमी, अभाव र त्रुटि निक्लदैनथ्यो । तर समयको विकास सँगै जब उपलब्ध साधनको उपयोगिताले मात्र आवश्यक्ता पूरा हुन सकेन तब त्यहाँ भौतिक द्वन्द्व सुरु भयो । डार्विनले भने झै आवश्यक्ता नै आविष्कारकी जननी हुन् । अझ सरल तवरले भन्दा वयलगाढामा भएको कमजोरी र साधनको असफलताको विरोध, आलोचना, खण्डनले भनौ अथवा द्वन्द्वकै कारणले अर्को अलि कम्फटेवल यातायातको साधन रिक्सा बन्यो, फेरि त्यही द्वन्द्ववादकै कारण रिक्सा भन्दा अझ सरल‌ र‌ कम्फटेवल कार बन्यो एवम् रीतले अन्तरिक्ष यान स्पेस‌ एक्स बन्यो । भोलि कुनै समय यसमा पनि अर्को साधनको विकास निश्चित तवरले हुनेछ, त्यो टाइम ट्राभल हुन‌सक्ने मेसिन आएछ भने पनि यही द्वन्द्ववादलेनै दिएको ध्रुव सत्य विचारधारा नै हुनेछ । यो विधि आदि अनादि कालदेखि अनन्त कालसम्म चलिरहने प्रकृया हो । त्यसैले यो माक्र्सको विचारधारा एक समाजवादी, भौतिकवादी र द्वन्द्ववादी चरित्रको सर्वस्वीकार्य दर्शन हो । यतिसम्म सत्य हो कि मेरो पिचडीको रिसर्चमासमेत गरिएको गहिरो खोज अनुसन्धानमा माक्र्सका समाज विकासको दर्शनले प्रमाणिकताको आधारसँग योगदान पुर्याएको छ । यस अर्थले पनि, माक्स विचारधाराको चिन्तन सवैको लागि समाजवादको अध्यन‌ गर्दा नछुटिनु पर्ने विषय बन्दैगएको छ ।

माक्र्सले देखेका, भोगेका र सिकेका कुराहरुलाई आफ्नो विचारमा राख्दै गर्दा उनले लेखेको पुस्तकहरुमा ९ प्रतिशत पूजिवाद, उदारवाद र निजीकरण व्यवस्थाको कट्टर आलोचक भएर प्रस्तुत गरेका छन् । किनकि उनीले त्यो ताका आफ्नो जीवनलाई चिन्तन र विचारसंग समाजको घट्नाक्रमलाई देखे । पूजिपति वर्गले गरिव‌ श्रमिक मजदुरलाई सिर्फ मेसिन जस्तै स्वचालित बनाएका थिए । औधोगिक विकास र उन्नतिमा, औधोगिक उत्पादनको उपयोगितामा चरम शोषण दमन अत्याचारको हदसम्मको पराकाष्ठा थियो । सीमित राजा माहाराजा अर्थात् सत्ताका आसेपासेका लागि त्यो समाज वैभव र दंभको अजंगको अमेजनको जंगल‌ थियो भने सर्वसाधारण कृषक, मजदुर तथा छोटा व्यपारीहरुका लागि त्यो समाज दास युग थियो । ती गरिवलाई बजारमा पशु बेचे जस्तो औधोगिक पुजिपतिहरुका लागि श्रम सप्लाई‌ गर्न मजदुरलाई किनबेच हुन्थ्यो । उनीहरु सधै त्यो कालो अध्यारो त्राहीमाम जंगलको बीचबाट बाहिर निस्कन, जंगलको‌ घारीलाई पन्छाउन हसिया हतौडा हातमा लिएर सूर्यको उज्यालो खोज्दै निरन्तर अगाडि बढिरहे । ती गरिवलाई बजारमा पशु बेचे जस्तो औधोगिक पुजिपतिहरुका लागि श्रम सप्लाई‌ गर्न मजदुरलाई किनबेच हुन्थ्यो । सर्वसाधारण कृषक मजदुर गरिव जनताहरुमा त्यो सामाजिक व्यवस्थासँग कुनै लगाव थिएन, सामाजिक सत्तामा अपनत्व गराइएन । यसलाई माक्र्सले अलगावको सिद्धान्तको विचार राखेका छन् । यसरी औधोगिक मेसिनरीका भौतिक प्रविधिको प्रयोगमा सामाजिक घट्नाक्रमहरु पनि क्रमिक रुपले परिवर्तन हुँदै गए । बजार विनिमय र पूजिको उत्पादन, उपयोग र संचितीमा बलियो प्रभाव हुदा धनको महत्व ठूलो भयो । उत्पादित वस्तुको उपयोगितासँग पूँजीको महत्व जोडिदै जाँदा धनी झनै धनी बन्दै गए भने गरिव अरु गरिव बन्दै गए । किनकि त्यहाँ उदार पूजिवादले गरिवको पहूँचमा त्यो सामाजिक घट्नाक्रमले निम्ताएको उपभोक्तावादी प्रवृत्तिलाई सहज तवरले थेग्न सक्ने अवस्था‌ थिएन । फलस्वरूप गरिव मजदुरहरुको भौतिक विशेषताको असन्तोष, आलोचना, खण्डन, आन्दोलन सुरु भयो । यो नै माक्सको द्वन्दवाद हो । र अन्त्यतः परिवर्तनको कारण पनि यही द्वन्द्धनै हो जसले नयाँ सामाजिक घट्नाक्रमको आविस्कार गर्दै जान्छ एकातिर भने अर्कातिर द्वन्द्व सुरु हुनलाई पनि तात्कालीन सामाजिक घट्नाक्रमकै कारण मुख्य हुन्छ । यो माक्र्सको समाज विकासक्रमको दर्शनलाई विद्वानले चिन्तन गर्दा यो पाटोबाट विचार राख्नु पर्ने हुन्छ । तब त्यहाँ माक्सको ऐतिहिसिक भौतिकवाद तथा समाजवादको प्रज्ञान खुल्न सक्तछन् । हुनत माक्सले व्यक्त गरेको समाजवाद आजका नेपाली कुनै विशेष दल या दल विशेषले मानेका चिन्तक, विचारकको जस्तो हुँदै होइन । चिया पसल र चौतारीमा राजनीति को दर्शन बाचन गर्नेलाई यो थाहा हुनु पर्छ कि राजनीतिको गन्तव्य गराउने मुख्य साधन दर्शन‌ नै हो त्यो चै समाजवाद नै हो । यही सर्वस्वीकार्य समाज दर्शन‌ हो । यही समाज विज्ञान पनि हो । यो विषयमा कुनै मेरो लेखमा विस्तृत ढंगको विवेचना हुनेनै छ । यति भने पछि पाठकलाई भ्रम हुन सक्तछ, लेखक लेफ्टिस रहेछन् । त्यस्तो विलकुल हैन । लेखक स्वतन्त्र नागरिक हो । राजनैतिक प्रज्ञानताको धारणा अवश्य छ तर राजनीतिमा दलिय विशेषको सक्रियता हुने छैन । यो सत्य खुलासा गरेपछि मलाई व्यक्तिगत राजनैतिक आरोप लाग्दैन भन्ने विश्वास हुन्छ ।

अब यति कुरा गरिसकेपछि हामीले माक्र्सका केही आलोचना र प्रशंसालाई पनि जोड्नु पर्ने हुन्छ । उनले देखेका, भोगेका र सिकेका ज्ञानलाई विचारमा रख्दा सामाजिक सत्तामा पूजिपति वर्गले गरिव किसान, श्रमिक र मजदुरको शोषण, दमन र अन्याय भैरहँदा शोषित, पीडित वर्गको विरोधको गुन्जायसमा वर्ग संघर्ष निम्ताउनेछ र भौतिक द्वन्द्ववाद त्यतिखेरसम्म रहनेछ जतिखेरसम्म समाजमा साम्यवाद हुदैन । उनले यही साम्यवादलाई अन्तिम र सफल व्यवस्था मानेका छन् जहाँ हरेकका सम्पति, उत्पादनका प्रकृया र साधनमा समानता हुनेछ । माक्र्सले उनका समाजवादको दर्शनमा लोकतन्त्रको विरोध गरेका छन् । यही लोकतन्त्र नै एउटा अभिजीत वर्गको मात्र नियन्त्रण र हितमा हुने भएकाले यसले तानाशाही हैकमवादी व्यवस्था हुने ठहर गरेका छन् । त्यसो त यही लोकतन्त्र नै एक्स्ट्रिम डिक्टेरसिपको जग हो भनेर युनानी महान दार्शनिक अरस्तुले भनिदिए । प्रकारान्तरमा यो सत्य सावित भै सकेको विचारधारा छ । जर्मनीमा हिटलर र इटालीमा मुसोलिनीको सत्ता भन्दा अगाडि त्यहाँ लोकतन्त्र थियो । आजको उन्नत प्रविधि र विज्ञानको समयमा विश्व जगत नै एउटै समाज भएको हुँदा पूजिको प्रभूत्व र सामरिक शक्ति सामर्थ्यले झनै सजिलो गरी फासिवाद र सामन्तवादको जरो दरो बन्दै गइरहेको छ, यो कहिले वाल स्ट्रेट, कहिले डब्लु टि ओ त कहिले संयुक्त राष्ट्रसंघ या त नेटोकारुपमा आउने गर्छ । अचम्म र उदेक लाग्ने कुरो माक्सवादको दर्शन र नाम बाटै अस्तित्वमा रहेका दल, समाज, संगठन आज यो जगतमा लोकतन्त्र र उदार पूजिवादको मूल मार्गदर्शनमा चलेका छन् । फेरि ताजुक लाग्दो कुरो त यहाँ छ, राजनीतिको ब्रम्ह रिचा उनीहरूलाई रटाइएको छ, समाजवाद, भौतिकवाद र द्वन्द्ववाद । माक्सवाद जिन्दावाद । यो वेमेल समाज र दर्शनले अलमलिएको नेपाली राजनीतिलाई हाल विश्व जगतलाई अलग्याएर चिन्तन गरियो भने त्यो विचारको सामजस्यता मिल्दैन । तसर्थ आजको भूराजनीतिमा माक्र्स विचारधारा साम्यवाद चुनौतिपूर्ण तथा आलोचित बन्दै गईरहेको पनि छ । चाइनाको पि एल ए जनविद्रोह र प्राप्त सत्ताले अभ्यास गरेको साम्यवादको चरणमा यो अन्तिम तथा सफल व्यवस्था नभएर यो प्रारम्भिक सत्ता भयो । हो यही प्रारम्भिक चरणबाट चीनले केन्द्रीकृत औधोगिक योजना र विकासमा सफलता हासिल गर्यो । तर उन्नाइसौं शताब्दीको असीको दशकमा आइपुग्दा आधुनिक चीनका डिजाइनर देङ साउ पिङले नयाँ विचार चीनको समाजलाई दिएका थिए । त्यो विचारधारा नै आजको विश्व बजारको चीन थियो । अर्थात असीको दशक यता चीन साम्यवाद नभएर लोकतान्त्रिक अभ्यासमा क्रमिक अभिप्रेरित छ । आखिर जे भए पनि, चीनको आजको सफलता प्रारम्भिक साम्यवाद नै थियो ।
केही क्षण विश्व भूराजनीतिलाई हेरौ त १ रसिया युक्रेन युद्ध , इजरायल इरान तथा अन्य इरानियन प्रोक्सी संगठनको युद्ध, चाइना ताइवान सित युद्ध, कोरियन प्रायद्विपमा तनाव, चीन जापान, चीन फिलिपिन्स अफसोर तनाव, चीन र भारतको सीमा तनाव, चीन र अमेरिका बीचको व्यपारिक, सामरिक तथा रणनैतिक तनाव, रसिया र अमेरिका बीच सामरिक तथा रणनैतिक तनाव, पाकिस्तान र भारत बीचमा सीमा तथा आतंकवाद विषयमा शत्रुता, पाकिस्तान र अफगान तालिवान बीच तनाब, वंगलादेशमा नवगठित अन्तरिम सरकार तथा सेनाको भूमिका, नेपाली राजनीतिमा अमेरिका चीन र भारतको अन्तरदृष्ट्रि, मिडिल इस्टमा बढ्दो क्षेत्रिय विखण्डन तथा उर्जा राजनीति, सामुन्द्रिक मार्गमा शक्तिराष्ट्रहरुको विवाद र राजनीति, अफ्रिकी मूलुकमा बढ्दो गरिबी, अशिक्षा तथा आतंकबाद जस्ता सामाजिक घट्नाक्रमहरुमा अन्तत्वगत्वा एउटै कारण छ त्यो हो विश्व जगतको महाशक्ति राष्ट्र रहिरहने र हुने होडमा भएको द्वन्द्व हो । यो विश्व घट्नाले एउटा विचारधारा तय हुन्छ जुन हरेक घटनाक्रमले गर्नेछ जुन हामीले अग्रिम चर्चा गरिसक्यौं । यो द्वन्द्वमा उन्नाइसौं सताब्लदीको मध्य सम्म लगभग २०० बर्षसम्म युरोपियन समाजले विश्वको राजनीतिलाई नेतृत्व गर्यो । त्यस अगाडि आउदै गर्दा दोस्रो विश्वयुद्धमा अमेरिका र संयुक्त सोभियत युनियन नै डौल दुई माहाशक्ति राष्ट्रको रुपमा स्थापित भए । फेरि नब्बेको दशकमा आइपुग्दा रसिया टुक्रिएर बहुराष्ट्रमा विभाजित भयो फलस्वरूप रसियाको शक्ति र अर्थमा कमजोर बन्दै गयो । अव यहाँ हामीले माथि देंग साउ पिङको चर्चा गरेका छौ, सोही विचारधारा चीन आज विश्व माहाशक्तिको एकल सूचीमा अमेरिकालाई चुनौती गरिरहेको छ र सोही बमोजिम उसले औधोगिक, सामाजिक, राजनैतिक, व्यपारिक, सामरिक र कुटनैतिक तवरले क्षेत्रिय तथा विश्व जगतलाई तयार गर्दै जाने रणनीति बनाईसकेको छ । त्यसको नमुनाका रुपमा समुन्द्र ९अन्तराष्ट्रिय बन्दरगाह, पाकिस्तान, श्रीलंका, अफ्रिकी मूलुकमा०, उर्जा९सौर्य, जैविक तथा जल उर्जा०, भूमार्ग ९बिआरआई०, स्वमौद्रिक संचालनमा विनिमय र उत्पादनको सहकार्य जसले डलरलाई विस्थापित गर्ने उद्धेश्य नै हो, अफ्रिकी मूलुकमा ठूला आयोजनाहरुमा लगानी, अहिले देखिएका युद्धमा चीनको सैन्य सहयोग र चासो तथा हालै भारतसंग ब्रिक्स सम्मेलनको अवसरमा दुईपक्ष योजनामा भएका कैयन समझदारीले चीन सबैलाई साथमा लिएर अगाडि बढ्ने नीति अख्तियार देखिदैछ जो आजको समयको द्वन्द्वात्मक भौतिकवाद हो ।

अब हामी विद्यमान नेपाली‌ राजनीतिलाई गौर गरौं । मलाई यस्तो लाग्दछ कि यो सामाजिक घट्नाक्रम वौद्ध दर्शन‌ अन्तर्गतको नागार्जुनको शुन्यवाद दर्शनले भने जस्तो यी देखिएका सारा भौतिकता सत्य हुन् या सत्य हैनन् पनि । कि सबै सत्य असत्य दुवै हो या त सत्य असत्य दुवै हैनन् । भनिन्छ राजनैतिक दर्शन र व्यवस्थाको निरन्तरता जगतको आवाज र माग संग जोडिदै गएर द्वन्द्वको कारण बन्दछ । त्यो आन्दोलनमा सरकारको कमी, कमजोरी, गल्ती, त्रुटि र गढबढीहरु देखाएर आलोचना, खण्डन र विवेचना जगतले गर्दछ । भनौ, सारमा यो भिड संग जोडिएको हुन्छ । आखिर विश्व सामाजिक घटनालाई जोकोहीले हेरे पनि इतिहास साँची छ, हरेक परिवर्तन त भीडबाट नै भएको छ ( अक्टोवर क्रान्ति, बोल्सेभिक युद्ध, माओत्सेतुङ युद्ध, फ्रान्स क्रान्ति, जर्मन नाजी विरोधी आन्दोलन, नेपालको २०६२र०६३ को जनआन्दोलन । यी सवै भिड नै थिए । तात्कालीन सरकार भिड दबाउन कोशिष गरेको हुन्छ तर द्वन्द्वले सामाजिक परिवर्तन‌ खोजेको हुन्थ्यो फलस्वरूप आज नेपालमा लोकतन्त्र छ तर यही व्यवस्था अनन्त हुदैन, अन्तिम पनि हैन । यस भित्र भौतिक परिवर्तनका धेरै संकेत देख्न थालिसकेका छन् । सत्ताको मूलधारमा रहेको विचारधारामा जनता निरश छन् । भ्रष्टचार, वेथिती, विकृति र कुशासन, अपारदर्शिता, दुराचारी, व्यभिचारी प्रवृत्तिको भयावहले सर्वसाधारणमा राजनीति र दल प्रति विश्वास घट्दो छ । अथवा यो भिड यो गुनासो, यो असंतुष्टी ठिक हो या बेठिक, या ठिक बेठिक दुवै हैनन् या त ठिक बेठिक दुवै हुन् रु हो चै के त रु माक्सले त साम्यवाद परिकल्पना सम्म गरे । औधोगिक पूजिपतिद्बारा सामान्य आम गरिव कृषक, मजदुर, पिछडिएका समुदाय माथि चरम शोषण, दमन, अन्याय, अत्याचार गरिरहनुको कारण पनि उदार पूजिवाद र निजीकरण व्यवस्था सर्वाहारा वर्गका निम्ति अहित हो भनेर कम्युनिस्ट समाजवादमा विचार दिए । कम्युनिष्ट सधै लेफ्ट विचारधारामा संग्रहित हुने दर्शन उनकै थियो । वास्तवमा समाजवादको विचारधारालाई मूल मर्म सम्म हेर्दा त, राज्यको शक्ति, श्रोत र अधिकारमा आम सर्वसाधारणको पहुँच र अपनत्व कायम गर्दै विकास प्रकृयामा सहभागितामूलक उपस्थिति गराउने तथा राज्यमा उत्पादित वस्तुको उपभोगमा जनताको पहिलो प्राथमिकता र पूर्णता गराउनु हुनेछ । तर हाम्रो देशमा सवै दलले समाजवादको मन्त्र जपेका मात्र हुन् केवल जनताको भोट लिन । यहाँ कृषि उत्पादित वस्तु राज्यले जनताको उपभोग पूर्णता गर्न सकेको कुरा टाढाको कुरा राज्यले खरिद गरेर स्टोर गर्न‌ सक्दैन वरु गरिव भोकै हुदा फसलका उत्पादन खेतबाटै अर्को देशमा जान्छ । यसलाई किन नरोकेको रु विजुलीको त्यही छ अवस्था । सस्तोमा बेच्ने महंगोमा बेचेर घाटा कसलाई रु वर्षामा बढी विजुली बेचेको भनेर ढाटिदैछ यहाँ । वर्खायाममा नै यहाँ लोडसेडिङ छ । धेरै गाउँमा अझै उज्यालो देख्न विहानको सूर्यनै पर्खनु पर्ने छन् । यो समाजवादको अभ्यास हुँदै हैन ।

यसैको विरोध र आलोचना प्रशस्त उठेका छन् आज नेपालमा । माक्सले सधै औधोगिक पूजिवादको विरोध गरे । नेपाली कम्युनिष्ट नेताहरूका आशालाग्दो, जिउदो जाग्दो तार्किक बहस र पैरवीमा पनि ऐतिहासिक भौतिकवाद र वर्ग संघर्षका कुरा, पूजिवाद र सामन्तवादका विरोध सदनदेखि चिया गफ सम्मको आवाज ठुलै हुन्छ । तर व्यवहारमा त्यस्तो छैन, त्यो तर्क वादविवाद केका लागि रु बरु यो साँचो हो नि, यहाँ नेपालमा पूजिपतिकै शरणमा परी भिक्षाटन गरेको । गरिव जनताको छानो, मानो कसले देला बनाईदेला रु भवन तिनै पूजिपतीले बनाउलान कि भनेर तिहारमा धौसी खेलिरहेका छन् । आलोकनाथ भनिरहेका छन् । स्वार्थ र भ्रष्टिकरणको बंकरमा करोडौको बिटा लुकाई रहेका छन् । गरिव नेपाली जनताको बिचल्लीमा ठूलो खिल्ली कम्युनिष्ट नेताले नै गरिरहेका छन् । आफ्नै काधमा बोकेर हिँडिरहेको पूजिपतिले प्रकारान्तरमा आफ्नै टाउकोमा गदा बर्साउन सक्नेछन् । मिलेर गरेको कामको अपजसमा साथीले शान्त सहमति गरेको भनेर सोच्नु भुल हुनेछ किनकि ऊसँग हातमा गदा छ । उसले सडकमा कुवेरको भण्डार देख्यो भने गदा प्रहार गर्न‌ कुनै बेर हुन्न । राजनीति त फाइदाको व्यपार न हो । यिनै विद्ममान सामाजिक घट्नाक्रमको एउटा आलोचना, खण्डन, गल्ती, कमजोरी, गडबढी नै राजनीतिमा अलगावको अवस्था अवश्य हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  २ : ४५ बजे