दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि, २ सय ३ जनाको मृत्यु

काठमाडौं – नेपालमा आज थप ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण र  ५ सय ३० जनाको  एन्टिजेन परीक्षण गर्दा कुल  ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको हो।

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ पुगेको छ। गत २४ घण्टामा ६ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ।

  आज देशभर कोरोना संक्रमणका कारण थप २ सय ३ जनाको मृत्यु भएको छ।  योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ। 

​​​​​​​

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ४६ बजे