सुनसरी। नेपाल बुद्धिजीवी परिषद् कोसी प्रदेशको आयोजना र परिषद्को सुनसरी जिल्लाका सह आयोजनामा चाडपर्व लक्षित शुभकामना सहित विचार गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा प्रा.डा. टङ्क न्यौपाने तथा डा. अमृत कुमार श्रेष्ठले समसामयिक राष्ट्रिय राजनीति विषयमा कार्यपत्रहरू प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि परिषद्का केन्द्रीय उपाध्यक्ष प्रा। राधा अधिकारीले परिषद्को बौद्धिक गतिविधि केन्द्रित घोषित उद्देश्य र लक्ष अनुसार महत्त्वपूर्ण कार्यक्रम विभिन्न प्रदेश र जिल्लामा गतिविधि भइरहेको बताउनु भयो । उहाँले यसै सन्दर्भमा आज प्रस्तुत कार्यपत्रबारे समीक्षात्मक धारणा प्रस्तुत गर्नु भएको थियो । कोसी प्रदेशका उपाध्यक्ष डा. उत्तम भट्टराईका अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव तथा कोसी प्रदेश इन्चार्ज वरिष्ठ पत्रकार यज्ञ शर्माले चाडपर्व लक्षित शुभकामना सहित विचार व्यक्त गर्नु भएको थियो । का
र्यपत्र उपर वरिष्ठ समालोचक तथा परिषद्का पूर्व केन्द्रीय उपाध्यक्ष प्रा. डा. बद्रीविशाल पोखरेलले टिप्पणी गर्नु भएको थियो । उहाँले डा. न्यौपानेद्वारा प्रस्तुत विचार पत्रका कतिपय विषयमा राय बझाउँदै भ्रमित विचार र विषयबाट सतर्क रहन परिषद्का सदस्यहरूलाई आग्रह गर्नु भएको थियो । उहाँले माओवादीले आफैँले भन्ने गरेको जनयुद्धको आरम्भ विचार पत्रमा उल्लेख गरे अनुसार नभएर रहर र लहडका भरमा भएको तर्क र तथ्यहरू उजागर गर्नु भयो ।
प्रमुख पार्टी र नेताहरू बाह्य दबाब र प्रभावमा परेको जस्ता बिचार पत्रमा उल्लिखित धारणा प्रति डा. पोखरेलले दृढ असहमति राख्नु भयो र उहाँका अनुसार सबै पार्टी र नेताहरूलाई एउटै डालोमा हाल्न नहुने, सबै जोगी कान चिरा भन्न नमिल्ने प्रशस्त उदाहरण दिनु भयो । डा. पोखरेलले मनमोहन अधिकारीले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसित सिर ठाडो पारेर पहिलो पटक सुगौली सन्धि पुनरावलोकन गर्नु पर्ने कुरा गर्नु भएको, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र अझ एमाले अध्यक्ष ओलीले भारतीय सत्ता पक्षले नेपालको संविधानमा सात सर्त नमान्न दृढता देखाएको कुरा उल्लेख गर्नु भयो ।
डा. पोखरेलका अनुसार उक्त सात सर्त मानेको भए नेपाल उतिबेलै विखण्डनको डिलतिर जान्थ्यो,यसमा ओली अडान चट्टानी देखिएको कुरा बिर्सन हुँदैन भन्नु भयो । त्यसैगरी प्रमुख पार्टीहरूले देश र जनताका हितमा खासै काम नगरेको विचार पत्रमा उल्लिखित धारणालाई खारेज गर्दै टिप्पणीकार पोखरेलले ओली सरकारले विगत कालमा गरेका कामहरूको विवरण तेर्स्याउनु भयो । उहाँले ओली सरकारले अधिकांशतः तुइन विस्थापित गरेको, भारतबाट पाइपबाट डिजेल र पेट्रोल हेटौडा ल्याउँदा बर्सेनि करोडौँ ढुवानी खर्च जोगिएको,भूकम्प र सुनामी पीडित सात लाख प्रचार हजार जनतालाई पक्की आवास हस्तान्तरण गरेको, नेपालको प्रधानमन्त्री भारतको भाइ होइन स्वतन्त्र र स्वाधीन मुलुकको समकक्षी मित्र हो भनेको र तदनुसार व्यवहार गरेको, सीमान्तकृत जनतालाई पक्का आवास हस्तान्तरणको सुरुवात गरेको, पीच बाटाहरू व्यापक रूपमा निर्माण गरेको र सुरुङ मार्ग तीव्र गतिमा सुरु गरेका, विराटनगरमा ढलीमली गरेर बसेको भारतीय सैन्य शिविर ओली सरकारले मात्र हटाउन सकेको, उसबेला महँगी ३ प्रतिशत रहेको आर्थिक वृद्धि दर ७ प्रतिशत रहेको लगायतका तथ्यहरू टिप्पणीका क्रममा डा। पोखरेलले सविस्तार बताउनु भयो । अझ जननायक बिपी कोइरालाले नेपाललाई सिक्किमीकरण हुन नदिएको राष्ट्रवादी नमुना दृष्टान्त अघिसार्दै ०४६ सालको पूर्व सन्ध्यामा माधव कुमार नेपालले भारतीय सेना नेपालमा प्रवेश गराएर गणतन्त्र ल्याउनु पर्छ भन्ने जस्ता राष्ट्रघाती चरित्र र चिन्तन रहेको उल्लेख गर्दै सबैलाई सोलोडोलो सराप्न नहुने डा. पोखरेलको भनाइ थियो । उहाँले डा. अमृत कुमार श्रेष्ठका कार्यपत्रमा एमाले पार्टीले देश र जनताका हितमा गरेका उल्लेखनीय कामको प्रचार प्रसार नगरिएको भनाइलाई शतप्रतिशत समर्थन गर्नु भयो । हुन पनि एमाले पार्टीको एउटै भर र जग जनता हुन् । जनताका काखमा हुर्किएका जनपक्षधर बुद्धिजीवी हुन् । त्यसैले बुद्धिजीवीहरू विचार,प्रचारक र संगठक भएर देश जनताका हितमा समर्पित भएर लाग्नु पर्ने तर यसमा पर्याप्त कमी रहेको डा. पोखरेलको टिप्पणी थियो ।
कार्यक्रममा वरिष्ठ बुद्धिजीवी लेखनाथ घिमिरे, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रा. चन्द्र कुमार राई, परिषद्का सुनसरी अध्यक्ष प्रा.भूपेन्द्र न्यौपाने,वरिष्ठ पत्रकार धर्मराज ढकाल,परिषद् झापा अध्यक्ष वरिष्ठ वकिल गजेन्द्र आचार्य, प्रा. गिरिराज खतिवडाले मन्तव्य राख्नु भएको थियो ।
प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार ११ : २५ बजे
प्रतिक्रिया