एनपीएलको ट्रफी सार्वजनिक

चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताउनुभएको छ । शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘मान्छेले बसाइँसराइ गर्ने भएकाले कामका कारण मान्छेहरू टाढा टाढा हुनुपर्छ । चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाड पर्वले मान्छेलाई नजिक ल्याउँछ ।  यसको सामाजिकसँगै मानवीय पनि महत्त्व छ ।’  

उहाँले एउटा परिस्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरूमा उपस्थित हुने कुराको आफैँमा ठुलो महत्त्व रहेको बताउनुभयो  । उहाँले ऋषिमुनीहरुले धेरै ठुलो अध्यापन र अनुभवपछि यी पर्वहरूको निर्माण गरेको लेखकले बताउनुभयो ।
 

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ५ : ३९ बजे