काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ ।
प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरेको हो ।
थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएकोमा कार्तिक ११ गते उडान अनुमति सकिएको अवस्थामा जबरजस्ती जहाज नेपाल ल्याएको थाई एयर एसियालाई प्राधिकरणले प्रतिबन्ध लगाएको थियो ।
थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा चार र काठमाडौँमा तीन उडान गर्ने प्रतिबद्धता जनाएको छ । सोही अनुसार कार्तिक १८ गतेदेखि भैरहवामा उडान गर्ने सर्तमा सो कम्पनीमाथिको प्रतिबन्ध फुकुवा गरिएको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार १० : ४१ बजे
प्रतिक्रिया