बुढानीलकण्ठमा सुरु भयो कपडा बैंक

काठमाडौं। बुढानीलकण्ठस्थित वडा नं १० ले कपडा बैकको स्थापना गरेको छ।
शुभदीपावली २०८१ को अवसरमा आयोजित सुभकामना आदान प्रदानको अवसर पारेर यस्तो बैकको सुरुवात गरेको हो।
बिहीबार आयोजित कार्यक्रममा बोल्दै वडा नं १० का अध्यक्ष नवराज भट्टराईले मानवीय सहयोग गर्नका लागि कपडा बैंक स्थापना गरिएको बताउनुभयो। उहाँले पुराना कपडालाई बिभिन्न तरिकाले प्रयोग गर्न सकिने भएकोले यस्तो बैंकको आवश्यकता परेको बताउनुभयो।
उहाँका अनुसार प्रयोग भइसकेर फेरि त्यसलाई लगाउन मन नभएका कपडा यसरी बैंकका जम्मा गर्न समेत वडावासी लगायत सबैलाई आग्रह गर्नुभयो।
बुढानीलकण्ठ नगरपालिका वडा नं १०मा यो बैंकको स्थापना गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो। उहाँका अनुसार तत्काललाई एउटा वडामा यो स्थापना गरिएकोले यसको प्रयोगलाई हेरेर अन्यत्र सबै वडामा यस्ता बैंक स्थापना गर्न सकिने जानकारी दिनुभयो।
कार्यक्रममा संविधानसभा सदस्य डा राज भट्टराई, बुनपाका मेयर मीठाराम अधिकारी लगायतको सहभागित रहेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ११ : ५६ बजे