सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा फैलिँदै

नयाँ दिल्ली – भारतमा कोभिड संक्रमण तीव्र फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको हो । औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन् । 

त्यस्तै, नयाँ भेरियन्टबाट संक्रमित हुने पनि बढेका छन् । भारतमा अहिलेसम्म एक हजार ७०० जनामा नयाँ भेरियन्ट देखिएको छ । तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात ५१० जनामा संक्रमण देखिएको छ । 

यसैबीच, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पनि कोभिड पोजेटिभ देखिएको छ । उनमा मझौला लक्षण देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा रहेका छन् । 

एजेन्सी

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ९ : २३ बजे