सुनको मूल्यमा नयाँ कीर्तिमान

हत्याकाे प्रयासबाट जाेगिए हेइटीका प्रधानमन्त्री, प्रथम महिला घाइते

पोर्ट–अउ– प्रिन्स – हेइटीका प्रधानमन्त्री एरिअल आंगी हत्या प्रयासबाट बचेका छन् । उत्तरी सहर गोनायभको एउटा गिर्जाघरमा आयोजित कार्यक्रममा सहभागी जाने क्रममा उनको हत्या प्रयास भएको जनाइएको छ । प्रधानमन्त्री र उनको टोलीमाथि बाटोमा नै गोली प्रहार भएको थियो । गोली प्रहारबीच उनको गाडी तीव्र गतिमा हुइकिएको थियो । आक्रमणमा प्रथम महिला घाइते भएकी छन् ।

सुरक्षाकर्मी र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन् । आक्रमणकारीहरु गिर्जाघरको पर्खालमा लुकेको जनाइएको छ । 

६ महिनाअघि तत्कालीन राष्ट्रपति जोभनेल मोइजको निवासमै हत्या भएको थियो । हत्यापछि देशको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै सरकारको आलोचना भएको थियो । राष्ट्रपतिको हत्यामा प्रधानमन्त्रीकै संलग्नता रहेको हुन सक्ने विपक्षीहरुले आरोप लगाउँदै आएका थिए ।

एजेन्सी

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ८ : ५६ बजे