एमाले अध्यक्ष ओली र पत्नी राधिका शाक्य बालकोटमा कौसी खेती गर्दै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेती सुरुवात गरिएको छ । सोमबार ओलीसहित उहाँको पत्नी राधिका शाक्य कौसी खेतीमा व्यस्त बन्नुभएको छ । 

उहाँको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ र त्यसमा आज जापानी प्रविधीको प्रयोग गर्दै उत्पादन गरिएको कम्पोस्ट मलको प्रयोग गर्दै कौसीखेतीबारे जानकारी गराइएको छ । 

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्गानिक कौसी खेतीको जापानी प्रविधीको प्राङ्गारिक मल प्रयोग गरेर सुरु गरिएको जानकारी दिनुभयो । 

त्यसक्रममा प्राविधिकहरुले ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मलबारे विभिन्न जानकारी दिनुभएको थियो  । 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ४८ बजे