नारायणकाजीको प्रस्तावमा प्रचण्ड पुनः माओवादी केन्द्रको अध्यक्ष 

काठमाडौं – नेकपा माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी पुन पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । 

सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई  अध्यक्ष बनाउने निर्णय गरेको हो । 

प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् । 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ५ : ४० बजे