आलोचित बनिन् ‘पिर्के सलामी’ खाने मन्त्री

काठमाडौं –  शहरी विकासमन्त्री एवं नेकपा (एस) पार्टीकी सचिव रामकुमारी झाँक्री आलोचित बनेकी छिन् । 

शहरी विकासमन्त्री झाँक्रीले गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयमा ‘पिर्के सलामी’ लिएपछि सामाजिक सञ्जालमा आलोचित बनेकी हुन्। 

अरूको चर्को आलोचना गर्न माहिर र ‘कुरा होइन, काम गरेर देखाउँछु’ भन्ने चर्का भाषण गर्ने झाँक्री अहिले आफू मन्त्रीको पदमा पुगेपछि आफैँले पिर्के सलामी लिएपछि उनको उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

कडा गफ र आदर्शको कुरा छाट्ने झाक्रीको बोली र व्यवहार फरक रहेको भन्दै सामाजिक सञ्जालमा उनकाे कडा आलाेचना भइरहेकाे छ। 

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ४ : ०१ बजे