काठमाडौं । बालुवाटारमा प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का ११ जना नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा नेपाल हाउस अगाडिबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार १२ : ४० बजे
प्रतिक्रिया