माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्ने भएको छ । 

केन्द्रीय कमिटीको पहिलो बैठक हेरिटेज प्लाजा सानेपामा आज बैठक अपराह्न ३ः०० बजे बस्ने माओवादी केन्द्रले जनाएको छ । माओवादीको आठौँ महाधिवेशनले केन्द्रीय कमिटी घोषणा गरिसकेको छ । आजको बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ । 

आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको थियो । जसलाई बन्द सत्र हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो । 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : ४९ बजे