काँग्रेस केन्द्रीय कार्यसमितको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । 

पार्टी कार्यालय सानेपामा दिउँसो २ः०० बजे केन्द्रीय कार्य समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। 

उहाँका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ । 

गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो । पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो ।

प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीमा धमाधम मनोनयन गरिरहनुभएको बेला केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो  ।

 

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ७ : ५९ बजे