नेकपा (एस) का पोलिटव्यूरो सदस्य एमालेमा प्रवेश

काठमाडौँ – ​​​​​​​पूर्व मन्त्री एवं नेकपा (एस) का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

 आज साँझ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी निवास बालकोटमा उहाँलाई खादा ओढाई पार्टीमा स्वागत गर्नु भएको छ । पार्टीका स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाको उपस्थितिमा पूर्व मन्त्री झा एमालेमा प्रवेश गर्नु भएको हो । 

दुई नम्बर प्रदेशका प्रभावशाली नेताका रूपमा चिनिने झाले आजबाट नेकपा (एस) परित्याग गर्नुभएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १० : २१ बजे