प्रचण्डले आफ्नो भाइ, बुहारी, छोरीलाई पनि केन्द्रीय सदस्य बनाए

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन् । 

आइतबार साँझ प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् । 

२३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहित परिवारका तीन जनालाई केन्द्रीय समितिमा अटाएका छन् । 

उनले आफ्नो नाम समेत केन्द्रीय सदस्यमा पार्दा खस आर्य पुरुष तर्फको एक नम्बरमा भाइ नारायणप्रसाद दाहाललाई राखेका छन् ।

त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका हुन् । त्यस्तै बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छन् । 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : ०४ बजे