‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध १ अर्ब ५३ लाखको बिगो दाबीसहित मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध एक अर्बभन्दा बढी बिगो माग गर्दै विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेसहितलाई प्रतिवादी बनाएर अख्तियारले १ अर्ब ५३ लाख २२ हजार ४ सय ६६ रुपैयाँ ७२ पैसा बिगो र कैद सजाय माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
दायर मुद्दामा नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, परामर्शदाता भोलानाथ चौधरी तथा उक्त कम्पनीसँग लिमिटेडका तर्फबाट हस्ताक्षर गर्ने मनोज आचार्यविरुद्ध पनि  विगो दावी गरिएको छ ।

उनीहरुमाथि मल खरिदमा तोकिएको स्पेसिफिकेसनभन्दा कम गुणस्तर रहेको, गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रमाणित गरेको लगायत आरोप लगाइएको छ ।
दागरमुद्दामा आपूर्तिकर्तालाई निकासा भएको रकम बराबर बिगो माग गरिएको हो । 

आयोगका अनुसार कृषि सामग्री लिमिटेडले डीएपी परीक्षणका लागि प्रमाणपत्रसमेत अद्यावधिक नगरेको नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसलाई बिना प्रतिस्पर्धा छनोट गरेको थियो ।
 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : १० बजे