माओवादीका तीन आयोगमा दोहोरिए पुरानै नेतृत्व,पुरानै सदस्य

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनबाट तीन आयोगका पदाधिकारीमा पुरानै नेतृत्व दोहोरिएका छन् । आइतबार बन्दसत्रले साविककै अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरुलाई दोहोराउने सहमती गरेको हो ।  

यसअघिकै आयोगका पदाधिकारी तथा सदस्यहरुलाई अर्को कार्यकालका लागि अनुमोदन गर्न अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्द सत्रले सर्वसम्मतले पारित गरेको हो। केन्द्रीय अनुशासन आयोग प्रमुखमा टंक राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोग प्रमुखमा पेशल खतिवडा रहेका छन्। ३ वटै आयोग २५ सदस्यीय छ। आयोगका सदस्यहरुलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने माओवादी केन्द्रको व्यवस्था छ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ५ : ३९ बजे