एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

पीएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला

काठमाडौँ । फ्रान्सका स्ट्राइकर किलीयन एम्बाप्पेले पूर्व क्लब पीएसजीविरुद्धको कानूनी लगाई जितेका छन् । एम्बाप्पेले पिएसजीले दिनुपर्ने ६० मिलियन डलर पारिश्रमिक बापतको रकम नदिएको भन्दै कानूनी लडाइमा गएका थिए ।

अब यस विषयको सुनुवाइ गरेको लिग डी फुटबल प्रोफेसनल (एलएफपी) ले एम्बाप्पेको पक्षमा निर्णय दिएको छ । पीएसजीले यसअघि एम्बाप्पेले क्लबप्रति गरेको प्रतिबद्धता पुरा नगरेर रियल म्याड्रिड गएका कारण सो रकम नदिने बताउँदै आएको थियो ।

एलएफपीले पीएसजीले एम्बाप्पेलाई सो रकम तिर्नुपर्ने बताएको छ । साथै पीएसजीले यो निर्णयविरुद्ध अपिल गर्न नसक्ने तर फ्रेन्च फुटबल फेडेरेसनको कार्यकारी कमिटीमा रिफर गर्न भने सकिने बताएको छ ।

एम्बाप्पेको पक्षमा फैसला आएपछि पीएसजीले भने खेलाडीले क्लबप्रति गरेको सामान्य प्रतिबद्धता समेत पुरा नगरेको दाबी गर्दै अदालतमा विचाराधीन मुद्धाप्रति हतार गरेर निर्णय गरिएको उल्लेख गरेको छ । यद्यपि यस विषयमा पीएसजीले अदालत जाने बताएको छ ।

एम्बाप्पे पीएसजीमा २०१८ देखि २०२३ सम्म खेलेका थिए । यसक्रममा उनले पीएसजीका लागि ३०८ खेलमा २५६ गोल गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : ४९ बजे