काठमाडौं। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तनहुँ भानु नगरपालिका-८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिइएको छ । उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका संचालक एवं शेयरधनी रहेको खुलेको छ ।
प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार ६ : १५ बजे
प्रतिक्रिया