सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० मा कारोबार  

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० तोकिएको छ, जसको मूल्य गत शुक्रवार प्रतितोला रु ९२ हजार २०० थियो । 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२९ डलर आसपास कारोबार भइरहेको छ । 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ११ : ४९ बजे