प्रतिनिधिसभाको आजको बैठक स्थगित 

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ः०० बजेका लागि बैठक बोलाउनुभएको थियो ।आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व.२०७७/०७८” पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको थियो ।

माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको बताइएको छ । संसद् सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्दैछ । 

संसद् बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले बिहान ११ः३० बजे शङ्कर हलमा कार्य व्यवस्थाको बैठक बोलाउनुभएको थियो।

संसद्मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : ४५ बजे