दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दुई जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको शनिबारको लिखित परीक्षामा प्रहरीले दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेका छ ।

पक्राउ पर्नेहरुमा बागलुङको ढोरपाटन नगरपालिका ६ का १८ वर्षीय निलकुमार अदै र  धनकुटाको सहिदभूमी गाउँपालिका ५ का २७ वर्षीय सौहार्द राई छन् । 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनि परीक्षा दिन खोज्ने  सौहार्द राईले परीक्षा दिने प्रयास गरेका थिए ।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपूर्ती गरिने साधारण समूह साधारण उपसमूह तर्फ सशस्त्र प्रहरी जवान पदकोे लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी परीक्षार्थीहरुको पहिचान गर्ने क्रममा नक्कली परीक्षार्थी प्रमाणित भएको हो ।

प्रहरी निरीक्षक शैलेन्द्र थापका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : २७ बजे