‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भारतमा थप २२ हजार बढी थपिए नयाँ सङ्क्रमित

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा २२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको  । 

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा कोरोनाका कारण ४०६ जनाले ज्यान गुमाएका छन् । 

नयाँ सङ्क्रमितमध्ये एक हजार ४३१ जनामा ओमिक्रोन देखिएको अधिकारीहरुले बताएका छन् । भारतमा अहिलेसम्म २३ राज्यमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको र यो फैलिने क्रम तीव्र भएको जनाइएको छ ।

ओमिक्रोनबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । त्यसपछि धेरै केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा ओमिक्रोनका सङ्क्रमित भेटिएका छन् । 

भारतमा पछिल्लो एक दिनमा आठ हजार ९४९ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ४२ लाख ७५ हजार ३१२ पुगेको छ । 

मन्त्रालयका अनुसार भारतमा हाल भारतमा एक लाख चार हजार ७८१ जना सक्रिय संक्रमित छन् । 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ४ : १७ बजे