‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

वातावरणीय अध्ययन कार्यविधि स्वीकृत

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘सङ्क्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि २०७८ संशोधनसहित स्वीकृत गरेको छ । 

त्यसैगरी  ‘बालअधिकार संरक्षण तथा सम्वद्र्धनसम्बन्धी कार्यविधि २०७८’ तर्जुमा गर्नका लागि सैद्धान्तिक सहमति पनि दिएको दिएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७२औँ कार्यपालिका बैठकमा उक्त कार्यविधि स्वीकृत भएको हो ।  

शुक्रबार बसेको बैठकमा १०औँ नगरसभा यही पुस २८ गते गर्ने निर्णय पनि भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९९४० मा गाउँ र नगरसभासम्बन्धी व्यवस्था छ । यो ऐनसँगै बागमती प्रदेशको कानुन र कामपाको नगरसभा सञ्चालनसम्बन्धी कार्यविधि ०७४ का आधारमा अधिवेशनको मिति तय गरिएको हो । 

बैठकमा कार्यपालिकाका सदस्यले सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि २०७८’ लाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, खानेपानी र विद्युत्जस्ता भौतिक विकासमा काम गर्ने साझेदार निकायसँग निर्माण कार्यमा समन्वय गर्नुपर्ने, वडास्तरमा मतदाता नामावली सङ्कलन व्यवस्था गर्नुपर्नेलगायत विषय उठाएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ३ : ५१ बजे