‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्रीसहित पुरानै मन्त्रीहरुले लिए सपथ, नयाँ कोही थपिएनन् 

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । 

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । तेस्रो पटक प्रधानमन्त्री बनेसँगै कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने व्यक्ति पनि ओली नै हुनुभएको छ । उहाँले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिनुभएको हो ।

 प्रधानमन्त्री ओलीसँगै उहाँको पुरानै मन्त्रिमण्डलका सदस्यहरुले सपथ लिएका छन् । आजको सपथ ग्रहण कार्यक्रममा नयाँ मन्त्री कोहीपनि थपिएका छैनन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने हुनुभएको छ । त्यसै अनुसार पुरानै मन्त्रीहरुलाई सपथ गराइएको बालुवाटार स्रोतले बताएको छ ।

कोको भए मन्त्री ?

ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय

रामबहादुर थापा बादल, गृह

टोपबहादुर रायमाझी, उर्जा

विष्णु पौडेल, अर्थ

प्रदिप ज्ञवाली, परराष्ट्र

हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या

लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति

कृष्णगोपाल श्रेष्ठ, शिक्षा

प्रभु साह, सहरी विकास

भानभुक्त ढकाल, पर्यटन

मणिचन्द्र थापा, खानेपानी

पद्मा अर्याल, कृषि

बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात

गौरीशंकर चौधरी, श्रम, रोजगार

पार्वत गुरुङ, सञ्चार

शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

लिलानाथ श्रेष्ठ, कानून

गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन

प्रेमबहादुर आले, वन

जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

दावा लामा तामाङ, युवा तथा खेलकुद

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  २ : ५० बजे