एनएमबी बैंकले ग-यो १८.९४ प्रतिशत नाफा

काठमाडौं । एनएमबी बैंकले असोज मसान्तसम्ममा १८.९४ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

बैंकले चालू आर्थिक वर्षको तीन महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै १ अबै १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले जम्मा ९६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको सन्चालन नाफा २६ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ पुगेकाले बैंकको नाफामा वृद्धि भएको हो । बैकका. ब्याज आम्दानी १० प्रतिशतले कम भएको छ । स्मरण रहोस अघिल्लो वर्ष नै २ अर्ब २३ करोड बढी ब्याज आम्दानी गरेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ११ : ३० बजे