दल सम्बन्धी अध्यादेशको चर्चा: आफैले खनेको खाडलको खतरामा माधव नेपालको पार्टी

 माधव नेपालका लागि कष्टपूर्ण  त्यो सोमबार 

काठमाडौं। नेकपा एसका अध्यक्ष माधव नेपाल सोमबार तनावपूर्ण रह्यो। कुन बेला  आफ्नो पार्टीबाट ठुलो सङ्ख्यामा विद्रोह हुने हो भन्ने तनावले उहाँ  सोमबार दिनभर बेचैन रहनु भयो। 

आफ्नो पार्टीको लुम्बिनी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्न कपिल वस्तु पुग्नुभएका नेपालको आँखा र मन भने दिनभरि काठमाडौ र सिंहदरबार वरिपरि कुदी रह्यो। किन कि केही दिनदेखि नेकपा एसभित्र एउटा पक्षले विभाजनको अन्तिम तयारी गरिरहेको सूचना नेपाललाई राम्रै गरी थाहा थियो। त्यसैले सोमबार नेपालको मुटुको ढुकढुकी निकै छिट्यो चलिरहेको जस्तो आभास भएको थियो। 

नेपालले सोमबार ५ बजेको एउटा समाचार पछि भने उहाँ केही समयका लागि खुसी हुनुभयो। कारण थियो  – त्यस दिनको मन्त्रिपरिषद्को बैठक स्थगित। 

पार्टीबाट विभाजन हुन हस्ताक्षर तयार भएको र सरकारले अध्यादेश जारी गर्न साथ त्यो औपचारिक  रूपमा विभाजन हुने निश्चित जस्तै थियो।  अध्यादेश मन्त्रिपरिषद्को बैठकको एजेन्डा थियो कि थिएन , त्यो अझै स्पष्ट भएको छैन। तर नेपाल भने सरकारले अध्यादेश ल्याउँछ भन्नेमा प्रस्ट हुनुहुन्थ्यो। 

नेपालले  २०७८ साल भदौ २ गते आफ्नो आग्रहमा सरकारले  अध्यादेश जारी गरेको दिन र घटनाले पनि उहाँलाई चस्काइ रह्यो।  संविधानमा संसदीय दल र केन्द्रीय समिति दुबैमा ४० प्रतिशत हुने भन्ने वाक्यांशलाई हटाउन लगाएर  कुनै एकमा  भने अध्यादेशको मस्यौदा तयार भएको थियो। तर त्यसलाई जारी गर्न नपाउँदै  एमाले विभाजन गर्ने सङ्ख्या कतै पनि ४० प्रतिशत पुगेन।  अझ सङ्ख्या घट्दै गयो। त्यसपछि अन्तिममा   आफूसँग आउने सङ्ख्या २० प्रतिशत निश्चित हुने भएपछि त्यही राखेर अध्यादेश जारी भएको थियो। 

नेपाललाई राम्ररी थाहा छ कि सत्ताको दुरुपयोग गरेर कसरी अध्यादेश जारी  हुन सक्छ भन्नेमा । २०७८ साल भदौमा त्यही सत्ताको दुरुपयोग गर्दै नेपालले २० प्रतिशतको सङ्ख्या राखेर अध्यादेश जारी गर्न लगाउनु भएको थियो। अहिले नेपाललाई आफूले गरे जसरी त्यसको फेरि दुरुपयोग हुने हो कि भन्ने तनावले बेला बेलामा झस्काई रहेको छ। 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका प्रचण्ड माधव नेपाल लगायतका नेताहरूलाई आफूले कुनै दल विभाजन गर्ने चाहना नभएको भन्दै आश्वस्त पार्नुभयो। तै पनि आफूले पहिला खनेको अध्यादेशको खाल्डोको डिलमा पार्टी उभिएको नेपाललाई झलझली याद छ। त्यसैले  कुन बेला आफैले खनेको खाल्डोमा एस पर्ने हो कि  भन्ने तनावले नेपाललाई सधैँ सताइरहने गरेको निकट नेताहरु  बताउँछन् । 

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १२ : ३७ बजे