‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पोखरिया अस्पताललाई ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा अवस्थित पोखरिया अस्पताललाई स्तर वृद्धि गरी ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको छ ।  

हाल १५ शय्याको उक्त अस्पताललाई स्तरोन्नति गरी ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिनुभयो  । 

सो अस्पतालको स्तरोन्नतिसहित भौतिक संरचना वृद्धिबारे सामाजिक विकास मन्त्री नवलकिशोर साहसमक्ष छलफल गरिएको नगरप्रमुख रौनियारले जानकारी दिनुभयो । अस्पतालको हाल रहेको भवनमा माथिल्लो तल्ला थप गर्न मन्त्रालयसँग रकम निकासा गर्नसमेत माग गरिएको छ । 

साथै अस्पतालमा आवश्यक  औषधिसहित शल्यक्रिया कक्ष, आइसियु तथा नवजात शिशु सघन हेरचाह एकाइ सेवा सञ्चालन गर्न थप रकम उपलब्ध गराउनसमेत प्रदेश सरकारसमक्ष माग गरिएको हो । 

यसैबीच पोखरिया नगरपालिका–९ जगतपुरमा निर्माणाधीन अधुरो बर्थिङ सेन्टरको भवन निमार्णमा समेत सहयोग गर्न प्रदेश सरकारसमक्ष माग गरिएको छ । 

पोखरिया अस्पतालबाट पर्साका पोखरिया नगरपालिकासहित जिल्लाका अन्य ग्रामीण क्षेत्रका सेवाग्राहीले सेवा लिने गरेका छन् ।रासस

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : ३४ बजे