माओवादी महाधिवेशन :  विधान मस्यौदामाथि उठेको प्रश्नको आज देव गुरुङले जवाफ दिने 

काठमाडौँ  । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा आज नेता देव गुरुङले आफूले पेस गरेको विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिनुहुने भएको छ । 

आज विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देव गुरुङले जवाफ दिने नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो। 

शुक्रवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले आज गुरुङको विधान मस्यौदालाई पारित गर्नेछ । 

दस्ताबेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार विश्लेषणका लागि बहसको थालनी गरेको निष्कर्ष बताउँदै अध्यक्ष प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव महाधिवेशन समक्ष राख्नुभएको थियो । 

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : १४ बजे